लहान नगरपालिका

नगर कार्यपालिकाको कार्यालय
लहान, सिरहा, मधेश प्रदेश, नेपाल

Flag

बारम्बार सोधिने प्रश्नहरु

प्रश्न 1. मैले कसरी गुनासो दर्ता गर्न सक्छु?

तपाईले यसै वेवसाइटमा भएको गुनासो दर्ता फारम भरेर गुनासो दर्ता गर्न सक्नुहुन्छ।

प्रश्न 2. के गुनासो दर्ता गर्न म आफु रजिस्टर्ड हुनु पर्छ?

पर्दैन, तपाईले "गुनासो/उजुरी दर्ता गर्नुहोस" लिंकमा क्लिक गरी आफ्नो गुनासो दर्ता फारम भर्न सक्नु हुन्छ।

प्रश्न 3. गुनासो दर्ता गर्दा मैले कुनै सम्बन्धित फाइल पठाउन सक्छु?

तपाईले आफुले चाहेजति फाइल पठाउन सक्नु हुन्छ तर फाइल १ एम.बी भन्दा बढी हुनुहुदैन।

प्रश्न 4. कस्ता प्रकारका फाइलहरु पठाउन सकिन्छ?

तपाईले फोटो, पि.डी.एफ फाइल वा डकुमेन्ट फाइल पठाउन सक्नुहुन्छ।

प्रश्न 5. मेरो व्यक्तिगत बिवरण कसले हेर्न सक्छ?

तपाईको व्यक्तिगत बिवरण सम्बन्धित पालिकाको अधिकार प्राप्त पधादिकारीले मात्र हेर्न सक्नेछन्।

प्रश्न 6. मैले मेरो व्यक्तिगत बिवरण किन भर्नुपर्दछ?

साधारणतया, तपाईको व्यक्तिगत बिवरण महत्वपूर्ण छैन तर तपाईको गुनासोको बारेमा थप जानकारी लिन वा तपाईसंग सम्पर्क गर्न पालिकाको अधिकार प्राप्त कर्मचारीलाई आवश्यक पर्नसक्दछ।

प्रश्न 7. मैले आफ्नो गुनासोको नतिजा कसरी थाहापाउन सक्छु?

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

प्रश्न 8. यदि मैले मेरो गुनासो/उजुरी को दर्ता नम्बर हराए वा बिर्सेको खण्डमा के गर्ने?

तपाईले गुनासो दर्ता नम्बर पुन: प्राप्त गर्न सक्नु हुनेछैन तसर्थ तपाईले आफ्नो गुनसो/उजुरी को दर्ता नम्बर सुरक्षित राख्नु पर्ने हुनेछ । हामीले गुनासो दर्ता क्रममा तपाईलाई इमेलमा पनि दर्ता नम्बर पठाउने गर्दछौ।

प्रश्न 9. के मलाई हरेक गुनसोको छुट्टाछुट्टै दर्ता नम्बर दिईनेछ?

हो, हामी तपाईलाई हरेक गुनसो दर्ता गर्दा छुट्टाछुट्टै दर्ता नम्बर प्रदान गर्दछौं।