पृष्ठपोषणका लागि धन्यबाद । रोजगार सेवा केन्द्र बाट रोजगारीमा आबद्ध हुन हरेक आर्थिक वर्षको फागुन महिना भरी सम्बन्धित वडा कार्यालयमा अनुसुची ३ बमोजिमको वेरोजगार फारम दर्ता गर्नुपर्दछ । सो सुचिमा आबद्ध भए पश्चात मात्र सम्बन्धीत नपा/वडा संचालन हुने आयोजनाहरु वा सिपमुलक तालिममा प्राथमिकताका आधारमा सहभागि हुन सकिन्छ यस बर्ष पनि आव.८१ का लागि पनि कामका लागि पारिश्रमिक आयोजनाहरु विभिन्न वडाहरुमा संचालन भईरहेको जानकारी गराउँदछु । यहाँले काम पाउने सम्बन्धमा कस्तो प्रकृतिको रोजगरी हो , हाल सम्म अदक्ष कामदारहरु लाई १०० दिन बरावरको काम १ जनाले पाउने गरेको मा शैक्षिक वेरोजगारहरुलाई नपा. तथा वडा कार्यालयबाट रोजगारीको अवसर नभएको तर सिप प्राप्त काजगात भएमा स्थानीय सरोकारवाला रोजगारदाता संग समन्वय गरी रोजगारीका लागि सहजिकरण गर्ने कार्य कार्यालयबाट सेवा प्रवाह गरिन्छ । थप जानकारीका लागि सम्बन्धित वडाकार्यालयमा वा नपा.रोजगार शाखाबाट पनि बुझन सकिन्छ । निरन्तर सल्लाह र सुझावको अपेक्षा सहित धन्यबाद ।